
रसुवा । लाङटाङ राष्ट्रिय निकुन्ज क्षेत्र भित्र सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका घर टहराहरु भत्काउन सुरु गरिएको छ । लाङटाटाङ राष्ट्रिय निकुन्जले पहिलो चरण अन्तर्गत मैलुङ स्याफ्रुबेसि सडक छेउमा जग्गा अधिग्रहण गरी बनाईएका टहराहरु हटाएको हो ।
निकुन्जको जग्गामा केही बर्ष अघिदेखि सडक छेउमा खुद्रा पसल सञ्चालन गरी बसेका एघार वटा टहरा हटाईएको हो । अनाधिकृत रुपमा जथाभावी बनाईएका संरचनाले मानिसहरुको आवतजावत बढ्दा लोपउन्मुख बन्यजन्तुले बासस्थानसँगै चरिचरन समेत फेर्ने निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटराईले बताउनुभयो ।
अनाधिकृत संरचनाले प्रकृतिक श्रोतको दोहन हुने हुँदा पारिस्थितिकीय प्रणलीमा असर पर्ने भएकाले रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको निकुन्ज क्षेत्रमा बनाईएका अन्य संरचना पनि हटाईने अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय निकुन्ज क्षेत्रभित्र जुनसुकै किसिमको घर, छाप्रो, आश्रय वा अरु आकार बनाउन वा भोग गर्न नपाइने जनाउँदै निकुन्जले इजाजत बिना निर्माण भएका घरटहरा हटाउने तथा निर्माण नगर्न समेत आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे