
जनकपुरधाम । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको समर्थनमा उनका समर्थकहरू जनक चोकमा धर्नामा उत्रिएका छन्। विपक्षी दलले मुख्यमन्त्री यादवलाई काम गर्न नदिएको भन्दै समर्थकहरूले संविधानको रक्षा र मुख्यमन्त्रीलाई काम गर्न दिनुपर्ने माग राखेका हुन्। एमाले महोत्तरीका अध्यक्ष बलिराम यादवले आफूहरू धर्नामा बसेको जानकारी दिँदै जनताले संविधानअनुसार मुख्यमन्त्रीलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए।
यसअघि काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा यादव नेतृत्वको सरकार गठन संवैधानिक नभएको दावी गर्दै रिट दायर गरेका छन्। सर्वोच्चले दीर्घकालीन निर्णय नगर्न आदेश दिएको अवस्थामा समर्थकहरूले धर्ना सञ्चालन गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे