
काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूले माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गरेका छन्। नेकपा एमालेले आफ्नो नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा कार्यक्रमको तयारी गरिरहेको बेला जेनजी घाइते समूह पनि त्यहाँ पुगेका हुन्। न्याय माग्दै उनीहरूले कार्यक्रममा कसैलाई प्रवेश गर्न नदिने चेतावनी दिएका छन्।
एमालेले बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा इन्डोर कार्यक्रम सञ्चालन गर्न प्रशासनसँग अनुमति लिएको थियो। वरपरका विभिन्न स्थानबाट एमाले कार्यकर्ताहरू भेला हुन थालेपछि जेनजी समूहका केही घाइते माइतीघर मण्डलामा धर्नामा बसेका छन्। तीनकुनेबाट निकालेको एमाले र्याली माइतीघरतर्फ अघि बढिसकेको छ। नेताहरूको सुरक्षा चुनौती बढेको भन्दै पार्टीले फोर्स घोषणा गर्ने तयारी गरेको जनाएको छ। यसअघि पनि जेनजी युवा समूहले विमानस्थलमा प्रदर्शन र तोडफोड गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे