
काठमाडौँ , १३ चैत | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध विरोध प्रदर्शन गरिएको छ । संविधान र कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरेको हो ।
आफूहरुलाई उठिबास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चानेपालका अध्यक्ष कुमार कार्कीले बताए ।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे