
काठमाडौँ, १३ फागुन ।युके, युएस, र क्यानडाको शैक्षिक संस्थानहरुलाई प्रवद्र्धन गर्दै आइरहेको अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपले अब अष्ट्रेलियाको शैक्षिक संस्थाको समेत प्रवद्र्धन गर्ने भएको छ ।
यसै साता राजधानीको याक एण्ड यति होटलमा अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपले अष्ट्रेलियाको पर्थ र सिड्नीमा क्याम्पस भएको युनिभर्सिटी अफ नोटरडयाम अष्ट्रेलिया लाई एजेन्टहरु सामु प्रस्तुत गरेको छ ।
उत्त लंचींग इभेन्टमा उपस्थित सम्पुर्ण शैक्षिक परामर्श व्यवसायीहरुलाई सम्बोधन गर्दै अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपका नेपाल, श्रीलंका कन्ट्री म्यानेजर, राजु पौडेलले हाल सम्मको साथ र सपोर्टको लागी कृतज्ञता व्यक्त गर्दै अष्ट्रेलियन शैक्षिक गन्तव्यलाई पनि साथ र सहयोगको अपेक्षा गर्दै, गरिमामय उपस्थितिको लागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्नु भयो ।
त्यस्तै अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपका रिजनल डिरेक्टर साउथ एसिया, मोइद राजाले उपस्थित शैक्षिक परामर्श व्यवसायीहरु सामु अष्ट्रेलिया डेस्टीनेसनलाई लियर आफुहरु उत्साहित रहेको र यसलाई सफल बनाउन नेपाली शैक्षिक परामर्श व्यवसायीहरुलाई अनुरोध गर्दै आफनो धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपका चिफ रिक्रृप्मेन्ट अफिसर एण्ड काल्डवेलले अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुपले उत्कृष्ट शैक्षिक गन्तव्यको प्रवद्धर्न गर्दै आएको र हालै अष्ट्रेलियाको पर्थ र सिड्नीमा क्याम्पस भएको युनिभर्सिटी अफ नोटरडयाम अष्ट्रेलिया लाई प्रवद्र्धन गर्ने कार्यक्रमलाई नेपालमा लंच गर्न पाउदा हर्सित भएको प्रतिक्रिया दिदै यसले नेपाली विधार्थी तथा अभिभावकहरुलाई अष्ट्रेलियामा उत्कृष्ट शिक्षा हासिल गर्न र अध्यन पश्चात विभिन्न अवसरहरु प्राप्त गरि आफ्नो भविष्य उज्वल बनाउन मदत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा उपस्थिती सम्पुर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे