
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई अझ तीव्र बनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले विभिन्न चरणका कार्यक्रम सार्वजनिक गरी काम अघि बढाइरहेको छ।
आयोगले आजदेखि समानुपातिक (पीआर) प्रणालीअन्तर्गत दलहरुले आवेदन दिने प्रक्रिया सुरु गरेको छ। बिहान १० बजेदेखि अपराह्न ४ बजेभित्र आवेदन लिन व्यवस्था गरिएको छ। दर्ता भएका दलहरूको सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ।
पीआरतर्फका उम्मेदवारहरूको बन्दसूची पुस १३ र १४ गते दर्ता गरिनेछ। बन्दसूचीको अन्तिम प्रकाशन माघ ३० गते हुनेछ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकबाट चुनिने व्यवस्था छ।
प्रत्यक्षतर्फ (एफपीटीपी) उम्मेदवार दर्ता माघ ६ गते हुनेछ र सोही दिन प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। माघ ७ गते विरोध उजुरी दिने म्याद तोकिएको छ। माघ ८ गते नामावली प्रकाशन हुने र माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यही दिन अन्तिम नामावली सार्वजनिक भई चिह्न वितरण गरिने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे