
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई भूटान र बंगलादेशका प्रधानमन्त्रीले बधाई दिएका छन् ।छन्।
भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मतसहित विजयी भएका लामिछाने र शाहलाई शुभकामना दिएका छन्। उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई दिएका छन्। प्रधानमन्त्री तोब्गेले आगामी सरकारले दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
त्यस्तै, तारिक रहमानले नेपालमा सम्पन्न शान्तिपूर्ण र सफल निर्वाचनको प्रशंसा गर्दै नेपाल सरकार र जनतालाई बधाई दिएका छन्। उनले लेखेका छन् कि निर्वाचनले नेपाली जनताको लोकतान्त्रिक इच्छा, सहनशीलता र संस्थाहरूको सुदृढतालाई देखाएको छ।
प्रधानमन्त्री रहमानले दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन बंगलादेश सरकारले तत्पर रहेको पनि बताएका छन्। यसले नेपाल–भुटान र नेपाल–बंगलादेश सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे