
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यो सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरिरहेको छ।
गत २३ र २४ भदौमा जेनजीहरूले आयोजना गरेको प्रदर्शनपछि सुशीला कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। सम्बोधनको तयारी गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा भइरहेको छ भने मुख्यसचिवसहित केही सचिवहरू पनि यस प्रक्रियामा संलग्न छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे