
प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ। उहाँ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर लुम्बिनी पुग्नुभएको हो ।
लुम्बिनीमा भोलि हुने बुद्धपूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो।
प्रधानमन्त्री देउवा आज लुम्बिनी बस्नुहुनेछ। भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गोरखापत्रलाई जानकारी दिनुभयो।
त्यसलगत्तै दिनभर लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको मूल कार्यक्रम हुनेछ। यो खबर गोरखापत्र दैनिकमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे