
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बस्ने राष्ट्रियसभाको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र ८१ को वार्षिक प्रतिवेदन पेस गर्ने तयारी रहेको छ। संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो १२ः१५ बजे सुरु हुनेछ।
बैठकमा विभिन्न संसदीय समितिका सभापतिहरूले कानुन, बालबालिका र अध्यागमनसम्बन्धी अध्ययन प्रतिवेदनहरू पेस तथा छलफलका प्रस्ताव राख्ने कार्यसूची छ। साथै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउँने छन् ।
त्यस्तै, अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेल बाट प्राप्त राष्ट्रियसभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र पनि सभामा जानकारी गराउने छन् । सरकारको सिफारिसमा आज राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे