
काठमाडौं, साउन ३० – आज संघीय संसद्को राष्ट्रियसभा बैठक बिहान ११:४५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
त्यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले सातवटै प्रदेशस्तरीय निर्वाचक मण्डलसँग भएको समन्वय बैठकको एकीकृत प्रतिवेदन पेस गर्नेछन्।
आज पाँचवटा संसदीय समितिको पनि बैठक बस्दैछ।
– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: नागरिक उड्डयन र हवाई सेवा सम्बन्धी विधेयकबारे मन्त्रालयको प्रस्तुतीकरण र छलफल
– उद्योग, वाणिज्य समिति: आयात–निर्यातसम्बन्धी विधेयकमा विज्ञसँग छलफल
– कृषि समिति: ‘हिन्द कुश हिमालयन संसद सम्मेलन–२०२५’ तयारीबारे छलफल
– सार्वजनिक लेखा समिति: ट्रकको भार क्षमतासम्बन्धी उजुरीमा छलफल
– विधायन समिति: नागरिकता विधेयकमाथि दफावार छलफल
यी छलफलमार्फत विधेयक र नीतिहरू सुधार गर्न प्रयास हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे