
काठमाडौँ, मङ्सिर १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेको छ। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली नेतृत्वको टोली चीन जानुभएको हो। यो प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा चीनको पहिलो औपचारिक भ्रमण हो।
प्रधानमन्त्री ओली सोमबार त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गर्नुभएको हो। मन्त्रिपरिषद् बैठकले भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गर्दै चीनले दुई करोड डलर ९करिब दुई अर्ब ७० करोड रुपियाँ० बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्रीको भ्रमणमा विभिन्न परियोजनाहरू अगाडि बढाउने तयारी गरिएको छ, जसमा टोखा–खहरे सुरुङमार्ग, मुस्ताङको कोरला नाका, किमाथान्का सडक, रसुवागढी रेलमार्ग र काठमाडौँको रिङरोड विस्तार समावेश छन्। साथै, बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० कार्यान्वयन योजनामा केही संशोधन गर्दै सम्झौतामा हस्ताक्षर गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे