
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम जाँदै छन् । उनी राजर्षिजनक विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन जनकपुर जान लागेका हुन् । समारोह जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुनेछ।
कार्यक्रममा स्नातक र स्नातकोत्तर तहका ११५ जना विद्यार्थीलाई दीक्षित गरिनेछ। विश्वविद्यालयका अनुसार उत्कृष्ट चार विद्यार्थीलाई विश्वविद्यालयस्तरको पदक र विभिन्न संकायमा उत्कृष्ट १०–१० जनालाई विशेष सम्मान दिइनेछ। राजर्षिजनक विश्वविद्यालयमा हाल १३ शैक्षिक कार्यक्रम सहित चार संकाय सञ्चालनमा छन्, जसमा एमफिल, एमबीए, बीबीए, बीआईटी, बीसीए लगायतका कोर्षहरू छन्। २०७४ कात्तिक १२ गते स्थापना भएको यो विश्वविद्यालयअन्तर्गत पाँच आंगिक क्याम्पस र ६८ निजी क्याम्पस छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे