
काठमाडौं, ६ असार — ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्। उद्घाटनपछि भोलिदेखि सवारी साधन सञ्चालनमा ल्याइने छ।
१२ फागुन २०७८ मा ठेक्का लागेको उक्त परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी लागेको छ। सुरुवाती सम्झौताअनुसार निर्माण लागत १७ करोड ६ लाख ८८ हजार ८८८ थियो, तर ढिलाइका कारण लागत बढेर करिब ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ। निर्माण म्याद पटक–पटक थप्दा पनि काम समयमा नसकिएपछि ठेकेदार कम्पनीलाई १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिराइएको थियो।
ओभरपास योजना EPC प्रणालीअनुसार निर्माण व्यवसायी कम्पनी आशिष–समानान्तर रेलिगेर जेभीले निर्माण गरेको हो। मुख्य संरचना सकिएपछि ८ जेठदेखि कालोपत्रको काम थालिएको थियो।
ग्वार्को ओभरपासमा २० मिटर स्पानसहित ४ लेनको पुल र ५ सय मिटर लामो अप्रोच रोड बनाइएको छ। बालकुमारी र सातदोबाटोबाट र्यामसमेत बनाइएको छ। यसले मंगलबजार–इमाडोल मार्ग निर्वाध बनाउने र ट्राफिक जाम घटाउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे