
जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा निर्माण हुने ६४ वटा सडक आयोजनाको एकैपटक शिलान्यास गरेका छन्। ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’ अन्तर्गत सञ्चालित यी आयोजनाहरूलाई प्रधानमन्त्री ओलीले जनकपुरमा आयोजित विशेष कार्यक्रममार्फत् रिमोटको माध्यमबाट शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारको गौरवको योजनाका रूपमा अगाडि सारिएको यो कार्यक्रम प्रदेशका सबै निर्वाचन क्षेत्रलाई कम्तीमा एक प्रमुख सडकसँग जोड्ने लक्ष्यका साथ अघि बढाइएको हो। विद्युतीय प्रविधिको प्रयोगमार्फत प्रधानमन्त्री ओलीले भौगोलिक रूपमा फरक–फरक स्थानमा निर्माण हुन लागेका सडकहरूको एकसाथ शिलान्यास गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयद्वारा सार्वजनिक गरिएको तस्बिरमा ओलीलाई शिलान्यासको बटन थिच्दै देख्न सकिन्छ। सरकारले उक्त योजनालाई स्थानीय पूर्वाधार विकासमा एउटा महत्त्वपूर्ण पाइला ठानिरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे