
बैङ्कक, २१ चैत –बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ।
थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि, प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसँग साइडलाइन भेटवार्ता र अन्य छलफलमा व्यस्त भएका छन्।
सो भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान भएको जानकारी प्राप्त भएको छ।
भेटमा परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरू पनि सहभागी भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे