
काठमाडौँ , २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा ३७२ विद्यार्थीहरूले स्नातक र स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। यी विद्यार्थीहरू विश्वविद्यालयका मानविकी र समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानका विभिन्न कार्यक्रमहरूमा शिक्षित भएका हुन्।
दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयमा स्तरोन्नति गर्ने घोषणा गरेका छन्। उनले यसअघि पनि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउने आवश्यकता उठाएका थिए। ओलीले भने, “नेपालमा कुनै पनि क्षेत्रीय चिकित्सा विश्वविद्यालय छैन, अब यहाँ बनाउने प्रक्रिया अगाडि बढ्छ।”
त्यसैगरी, प्रधानमन्त्री ओलीले डडेल्धुराको पर्शुराम क्षेत्र र सीमा क्षेत्र जोड्ने पुल निर्माणका लागि पहल गरिने बताएका छन्। उनले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, र दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण चाँडै प्रारम्भ हुने र यसको लागि भारतसँग छलफल जारी रहेको जानकारी दिए।
दीक्षान्त समारोहमा भारतको उत्तराखण्डस्थित सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्रा।डा। सतपालसिंह अतिथि थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे