
काठमाडौँ । पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोह आज शुक्रबार हुँदैछ। बिहान ११ बजे सुरु हुने समारोहमा ६ हजार ६ सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन्। विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्की समारोहमा सहभागी हुन पोखरा आउँदै जनँदै छन् ।
दीक्षान्त समारोहकी प्रमुख अतिथि चाँदनी जोशी रहेकी छन्। उनी लैङ्गिक समानता, महिला अधिकार र नीति निर्माणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन् ।
२०५४ सालमा स्थापना भएको विश्वविद्यालयमा हाल ७४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। यहाँ ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यसअघि २० वटा दीक्षान्त समारोहबाट ७१ हजारभन्दा बढी विद्यार्थी स्नातक भइसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे