
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र जिल्लाको शान्तिसुरक्षा अवस्था बुझ्न आज ताप्लेजुङ पुगेकी छन्। आज बिहान उनले पाथीभरा मन्दिर मा पूजा–अर्चना गरेकी छन्। पूजापछि सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्, “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।”
पाथीभरा दर्शनपछि प्रधानमन्त्रीले जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृत र जिल्लाका सुरक्षा प्रमुखहरूसँग छलफल गर्नेछिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे