
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका सूचना सम्प्रेषणका लागि सामाजिक सञ्जालका नयाँ खाता सञ्चालनमा ल्याएको छ । सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ र प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गरिन्छ तर प्रधानमन्त्री कार्कीले अघिल्ला प्रधानमन्त्री ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग नगर्ने भएकी छन् ।
उनले फेसबुक, एक्स ९ट्वीटर० र इन्सटाग्रामको नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन् । प्रधानमन्त्री कार्यालयले आइतबारदेखि PM Sushila Karki फेसकुब र @pmsushilakarki सञ्चालनमा ल्याएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे