
काठमाडौं, कात्तिक ९। प्रधानमन्त्री सुशीला कार्कीले चार जना नयाँ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी छन्। राष्ट्रपति कार्यालयमा नाम पठाइसकेकाले उनीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
नयाँ मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीका रूपमा जिम्मेवारी पाउने भएका छन्।
डा. गौतम प्रसूति तथा स्त्री रोग विशेषज्ञ र पूर्व–स्वास्थ्य सचिव हुन्। श्रेष्ठ सम्पदा संरक्षण अभियानी, सुनार दलित अधिकारका लागि सक्रिय सामाजिक अभियन्ता र गुप्ता ‘१०० ग्रुप’का संस्थापक तथा युवा अभियानकर्ता हुन्। लामो राजनीतिक छलफलपछि यी चार नाममा सहमति जुटाइएको र सबैले आजै राष्ट्रपति कार्यालयमा शपथ लिने तयारी गरिएको स्रोतले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे