
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी!’ मतदाता नामावलीमा नाम लेखाउने अन्तिम समय कात्तिक ३० सम्म तोकिएको छ।फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले कार्यतालिका निर्धारण गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे