
काठमाडौँ , २३ कात्तिक | प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति २ बजेर १२ मिनेटमा गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्।डोटीमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टरको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन्। उनले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने केहि गम्भरि घाइते भएका छन् । ठूलो भूकम्प जानुअघि हिजो साँझदेखि उक्त क्षेत्रमा साना परकम्प गएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे