
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन् ।
आज बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट सहभागी मन्त्रीहरूले पदबाट राजिनामा दिएका छन् । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे