
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज विभिन्न देशका राजदूतहरूसँग भेटघाट गर्दैछन्। यो छलफल दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
परराष्ट्र मन्त्री शिशिर खनाल पनि यस भेटमा सहभागी हुनेछन्। प्रधानमन्त्रीको कार्यालयले भारत, चीन, अमेरिका, जापान र बेलायत लगायत एक दर्जनभन्दा बढी देशका राजदूतलाई बोलाएको छ।
यस छलफलको उद्देश्य नेपालमा भइरहेको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे विदेशी प्रतिनिधिहरूलाई जानकारी दिनु हो। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध मजबुत बनाउन यस्तो सामूहिक भेट आयोजना गरेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे