
काठमाडौँ — थाइल्याण्डमा कम्बोडियासँगको सीमामा झन्डै एक हप्तादेखि जारी ताजा झडपपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद विघटन गरेका छन्। अब ४५–६० दिनभित्र नयाँ आम चुनाव हुने भएको छ।
शुक्रबार प्रकाशित शाही आदेशमा प्रधानमन्त्री अनुतिनले उल्लेख गरेका छन् कि संसद विघटन गर्नु उपयुक्त उपाय हो, जसले जनतालाई आफ्नो राजनीतिक शक्ति फिर्ता दिनेछ। उनी सत्तामा आएदेखि आफ्नो अल्पसंख्यक सरकारले कठिन चुनौतीहरू, विशेष गरी घातक सीमा विवाद सामना गर्दै आएको थियो।
अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री बनेका हुन्। सेप्टेम्बरमा सत्ता सम्हालेपछि उनले जनवरी अन्त्यसम्म संसद विघटन गर्ने बताएका थिए। तर अब अविश्वासको मतको सामना गर्दै उनले चुनाव अघि सारेका छन्।
गत महिना दक्षिणी थाइल्याण्डमा आएको गम्भीर बाढीमा कम्तिमा १७६ जनाको मृत्यु भएको थियो। कम्बोडियासँगको झडपमा कम्तिमा २० जनाको मृत्यु र लाखौं विस्थापित भएका छन्। प्रधानमन्त्रीले भने, देश चलाउन स्थिरता आवश्यक छ, र सरकारले सार्वजनिक प्रशासनका सबै उपाय प्रयोग गर्दै स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे