
काठमाडौँ, १ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन्। शीतलनिवासले राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको जनाएको हो।
नेपालका लागि अमेरिका र बेलायतका राजदूत रहिसकेका चालिसे तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि थिए।
त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन्। उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे