
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकतर्फको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। नेपाली कांग्रेसले समानुपातिक प्रणालीअन्तर्गत सार्वजनिक गरेको बन्दसूचीमा उनको नाम समावेश गरिएको थियो।
सोमबार निर्वाचन आयोग पुगेर पौडेलले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने निवेदन बुझाएकी हुन्। आयोगका अनुसार बन्दसूचीमा उनको नाम ६२ औँ स्थानमा थियो। संज्ञा पोखरेल पौडेल लामो समयदेखि नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे