
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपञ्चमी (श्रीपञ्चमी) को अवसरमा हनुमानढोका दरबार नासलचोकमा विशेष समारोहमा वसन्तश्रवण गर्नु भएको छ।
सो अवसरमा हनुमानढोका हेरचाह अड्डाका प्रमुख पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो। राष्ट्रपति पौडेलले विद्याकीदेवी सरस्वतीको पूजाआराधना गर्नु भएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मानमा सलामी अर्पण गरेको थियो।
समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
वसन्तपञ्चमीमा सरस्वतीको पूजा गर्दा विद्या, बुद्धि, सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। राष्ट्रपति पौडेलले पनि यस परम्पराअनुसार पूजा गरी वसन्तको स्वागत गर्नु भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे