
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १८ देखि २० गतेसम्म कतारको राजधानी दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार जाँदै छन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै सोमबार कतार प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताएका छन्।
राष्ट्रपति पौडेलले कात्तिक १८ गते हुने सम्मेलनको मुख्य कार्यक्रममा भाषण दिने कार्यक्रम छ। संयुक्त राष्ट्रसंघको निर्णयअनुसार हुने यो सम्मेलन सदस्य राष्ट्रहरूका लागि महत्वपूर्ण हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे