
काठमाडौँ, कात्तिक १९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ ( क्यासी ) र नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई ) को संयुक्त आयोजनामा दुई दिने ३७ औँ क्यासी सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लगाानी गर्ने गरेका हुन् ।
उनले भने , “नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्दछु” । रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे