
काठमाडौँ , १४ चैत | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।मंगलवार बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले यस्तो बताएका हुन् ।
आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताउँदै आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि उनले बताए ।
सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने सभापति लामिछानेले स्पष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे