
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासहित पार्टीका नयाँ पदाधिकारीहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित उनीहरूले शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आ–आफ्नो जिम्मेवारी सम्हालेका हुन्।
सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरूले पनि आफ्नो कार्यभार सुरु गरेका छन्। पदभार ग्रहण लगत्तै पार्टीको केन्द्रीय समिति बैठकसमेत सुरु भएको छ। बैठकले आगामी प्रधानमन्त्रीको उम्मेदवारबारे औपचारिक निर्णय गर्ने बताइएको छ।
पद सम्हाल्ने क्रममा सभापति थापाले अब कांग्रेस मात्र होइन, देश नै बदल्ने संकल्प गरेको बताएका छन्। ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित उनले देशको समृद्धि नै आफ्नो मुख्य लक्ष्य रहेको स्पष्ट पारे।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न भएको थियो। सो महाधिवेशनबाट गगनकुमार थापा सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे