
काठमाडौं, चैत १९ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ । पेटमा समस्या भएपछि उहाँ शनिबार साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो ।
“राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको हो”, उहाँले भन्नुभयो । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ । रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे