
“मिड भ्याली इन्टरनेसनल कलेजमा बालेन शाहको प्रस्तुति” सेन्टर फर इन्क्युभेसन एण्ड इनोभेसन र सेन्टर फर करियर डेभलपमेन्ट ले संयुक्त रुपमा मिड भ्याली इन्टरनेस्नल कलेज मा “युथ इन लिडरसिप – इन कन्भर्सेसन्न विथ बालेन शाह” नामक एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका लागी उमेदवारी दर्ता गराएका बालेन शाहले युथ इन लिडरशिप बारेमा केहि मन्तव्य राख्दै विद्यार्थीहरु संग केहीबेर अन्तर्क्रिया गरेका थिए, साथै उनले एउटा आफ्नै गितको प्रस्तुती दिएका थिए। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने उद्देश्यले विद्यार्थीहरूले सोही कार्यक्रममा आफ्ना प्रस्तुतिहरु दिएका थिए। उपस्थित अतिथिहरुलाई Mid-Valley इन्टरनेस्नल कलेजका प्रिन्सिपल रितल राणाले मायाको चिनो प्रदान गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे