
काठमाडौँ, ११ असार । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी रहेको छ।
आजको बैठकमा अनिवार्य रूपमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न सत्तापक्षीय दलले ह्वीप जारी गरेका छन्।
प्रमुख सत्तापक्षीय दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ह्वीप जारी गरेका हुन्।
जसका लागि संघीय संसद भवन नयाँबानेश्वरमा बैठक बस्दै छ। बिहान ११ बजेका लागि तय भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे