
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। मन्त्री साह पछिल्लो समय विभिन्न विवादमा मुछिएपछि यस्तो निर्णय हुन लागेको हो। प्रधानमन्त्री मात्रै होइन, उनको आफ्नै पार्टी रास्वपाभित्र पनि उनलाई हटाउनेबारे छलफल भइरहेको छ। पार्टीले उनीमाथि छानबिन समेत गरिरहेको बताइएको छ।
मन्त्री साहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डमा पुनः राखिएको विषयले विवाद बढेको हो। यसअघि उनी बैठकमा नआएकै कारण हटाइएकी थिइन्।
यस घटनापछि मन्त्री साहमाथि आलोचना बढेको छ र उनलाई हटाउने प्रक्रिया अघि बढाइएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे