
काठमाडौं, फागुन २३ ।प्रान्जल एजुकेसन कन्सलटेन्सीले आफनो १३ औ वार्षीक उत्सव भव्यताको साथ सम्पन्न गरेको छ ।
शैक्षिक परामर्श व्यवशायीहरु, अन्तराष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधीहरु र शुभचिन्तकहरुको बिचमा आयोजना गरीएको उक्त कार्यक्रममा प्रान्जल एजुकेसन कन्सलटेन्सीलाई शुभकामना तथा उत्तोरतर प्रगतीको सन्देशहरु व्यक्त गरिएका थिए ।
साथै संस्थाका सिइओ बासुदेव दाहालले सहयोगी सम्पुर्ण संघसंस्थाहरु प्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।
१३ औ वार्षीक उत्सवको उपलक्ष्यमा सम्पुर्ण प्रान्जल एजुकेसन परिवार र अन्तराष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरु बिच विभिन्न साक्षात्कार कार्यक्रम र मनोरन्जनात्मक क्रियाकलापहरु समेत पोखरामा आयोजना गरीएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे