
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी विरुद्ध साइबर अपराधको उजुरी दिएको छ।
सुवेदीले एक युट्युब च्यानलमा कुराकानी गर्दै जेन–जी आन्दोलनको दुई दिनअघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए। पार्टीले भने यस्तो अभिव्यक्ति तथ्यविहीन भएको भन्दै चरित्रहत्या र भ्रम फैलाएको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएको हो।
प्रचण्डका सचिवालय संयोजक गोविन्द आचार्यका अनुसार सो दाबीको कुनै आधार छैन। उनले यसअघि विज्ञप्ति जारी गर्दै प्रचण्डविरुद्ध उठाइएका आरोपलाई प्रमाणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका थिए।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आएको यस्तो वक्तव्य नेतृत्वविरुद्ध नियोजित ढंगले तथ्यहीन समाचार फैलाउने प्रयास भएको भन्दै माओवादी केन्द्रले खेद प्रकट गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे