
काठमाडौँ । झापा ५ मा नेपाली कम्युनिस्ट पार्टी ( नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि दलसँग सहकार्य नगर्ने स्पष्ट पारेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा ओलीलाई जिताउन प्रचण्डले सहमति दिएको अफवाह फैलिएको थियो।
प्रचण्डले बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई फोन गरी अफवाहमा नपर्न र निर्वाचन अभियानमा सक्रिय हुन निर्देशन दिएका छन्। उनले भने, “झापा ५ मा हामी कसैलाई छोड्दैनौँ। सम्पूर्ण शक्ति प्रयोग गरेर जिताउनेछौँ। बाहिर फैलिएको हल्ला शतप्रतिशत गलत हो। ढुक्क भएर चुनावी काममा लाग्नु ।”
प्रचण्डले तामाङलाई विश्वास दिलाउँदै भने, “दुई जना प्रधानमन्त्रीका उम्मेदवारलाई हराएर आउनु, म मन्त्री बनाउने छु।”
झापा ५ मा केपी शर्मा ओली एमालेबाट र बालेन शाह रास्वपाबाट उम्मेदवार बनेका छन्। यसबीच प्रचण्डको स्पष्ट सन्देशले नेकपाका मतदातालाई केन्द्रित र सक्रिय राख्ने प्रयास भएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे