
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन्। ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले जनयुद्धलाई नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने प्रमुख घटनाका रूपमा स्मरण गरे। उनले भने, “यसले सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ, यसलाई मेटाउन सक्ने छैन।”
प्रचण्डले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापना गर्ने दृढता व्यक्त गर्दै, वर्तमान शान्ति प्रक्रिया नटुंग्याएको भन्ने टिप्पणी गरे। उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै समाजवादी गणतन्त्रतर्फ अघि बढ्ने योजना साझा गरे।
अध्यक्ष प्रचण्डले वर्तमानमा दुई वर्ग र प्रवृत्तिका बीच संघर्ष भइरहेको बताएका छन्, र संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयास भइरहेको आरोप लगाए। उनले पार्टीलाई समाजवादी गणतन्त्रमा लैजानका लागि संघर्ष जारी राख्ने बताएका छन्।
उपलब्धिहरूको आत्मसमीक्षा गर्दै प्रचण्डले सरकारको नेतृत्वमा ऐतिहासिक कदमहरूको चर्चा गर्दै, जनताको जीवनमा सुधार ल्याउनका लागि समाजवादी क्रान्तिको आधार बनाउन नयाँ सङ्कल्प गर्ने बेला आएको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे