
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ४५ हजार ३४० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।
कम्पनीले आफ्ना संस्थापक सेयरधनी उमेशलाल श्रेष्ठका ४४ हजार ४५० कित्ता र लजना श्रेष्ठका ८८० कित्ता, गरी जम्मा ४५ हजार ३४० कित्ता संस्थापक सेयर बिक्रीको लागि खुला गरेको हो।
सेयर बिक्री प्रक्रिया अन्तर्गत कम्पनीले मात्र विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले यस सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्।
कम्पनीका अनुसार तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे