
एजेन्सी । अलास्का–क्यानाडा सीमा नजिक शनिबार ७.० म्याग्निच्युडको भूकम्प आएको थियो। यसको धक्का याकुटाट र जुनाउ क्षेत्रमा स्पष्ट महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
स्थानीय समय अनुसार बिहान ११:४१ बजे १० किलोमिटरको गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु जुनाउबाट करिब २३० माइल (३७० किलोमिटर) उत्तरपश्चिमतर्फ र क्यानाडाको युकोनस्थित ह्वाइटहर्सबाट करिब १५५ माइल (२५० किलोमिटर) पश्चिमतर्फ परेको बताइएको छ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले यस भूकम्पपछि कुनै सुनामीको खतरा नभएको पुष्टि गरेको छ। अहिलेसम्म कुनै प्रकारको क्षति वा मानव चोटपटकको जानकारी प्राप्त भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे