
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको कैथलका रामपाल कश्यपलाई भेटेका छन् । जसले १४ वर्षअघि मोदी प्रधानमन्त्री नहुँदासम्म जुत्ता नलगाउनेो असाधारण प्रतिज्ञा गरेका थिए । आज प्रधानमन्त्री मोदीले कश्यपलाई व्यक्तिगत रूपमा भेटेका छन् । एक दशकभन्दा बढी समयदेखि राखिएको असामान्य प्रतिज्ञा यमुनानगरको सार्वजनिक सभामा समाप्त भयो, जहाँ दुई जना अन्ततः भेट भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हातले जुत्ता लगाइदिएपछि यो विषय थप चर्चामा आएको हो। उनले सन् २०१२ मा नरेन्द्र मोदी प्रधानमन्त्री नबन्दासम्म र नभेट्दासम्म जुत्ता नलगाउने कसम खाएका थिए। अब उनको यो सपना पूरा भएको छ। यादवले सन् २०१० देखि प्रधानमन्त्री मोदीसँग भेट हुने आशामा जुत्ता नलगाउने प्रण गरेका थिए। उनको इच्छा यही वर्ष पुरा भयो जब प्रधानमन्त्री मोदीसँग दिल्लीमा भेट भयो।
भेटका क्रममा प्रधानमन्त्री मोदीले रामपाल यादवको समर्पणप्रति प्रशंसा व्यक्त गर्दै भावुक भएको बताए। मोदीसँगको भेटपछि रामपालले पहिलोपटक जुत्ता लगाएको बताए। उनले भने, “मोदीजीलाई भेट्नु मेरो जीवनको सबैभन्दा ठूलो सपना थियो। अब त्यो पुरा भयो, म खुशीसाथ जुत्ता लगाएको छु।” रामपालको यो अनौठो संकल्प र समर्पण सामाजिक सञ्जालमा भाइरल बनेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे