
काठमाडौं, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् ।प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् । महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ ।
गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन् ।गोरखा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे