
काठमाडौँ , १६ पुस | प्रधानमन्त्री पुष्पकमल दाहालले कम्बोडियाको क्यासिनोमा आगलागीका कारण निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। कम्बोडिया आगलागीका कारण पाण्डेसहित १९ जना निधन भएको थियो । निधन हुनेमा झापाको बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डे रहेका छन् ।
प्रधानमन्त्री दाहालले मुख्यसचिवलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएका छन् ।त्यस्तैगरी प्रधानमन्त्रीले मृतक पाण्डेको शव नेपाल ल्याउन जतिसक्दो चाँडो गर्न पनि निर्देशन दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे