
काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री दाहाल एमालेसहितको ७ दलको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।
प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।उनले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दल तथा स्वतन्त्र सांसदहरूसँग विश्वासको मत दिन आग्रह गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे