• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ५, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

१ दिन अघि
२

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

१ दिन अघि
३

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

१ दिन अघि
४

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

१ दिन अघि
५

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

१ दिन अघि
६

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

१ दिन अघि
७

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

१ दिन अघि
८

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

२ दिन अघि
९

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

२ दिन अघि
१०

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

२ दिन अघि
११

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

२ दिन अघि
१२

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० माघ २८, आईतबार (१ साल अघि)

“जनताको स्वास्थ सङ्ग खेलवाड गर्ने काम धेरै समय देखि सुन्दै आएको तर आफ्नै आखाले हेरियो”- मन्त्री सिंह

  • 1,416 Views
  • संजय सहनी/ गौर,  २८ माघ । शनिबार पौने १२ बजे झण्डा सहितको गाडि रौतहटको गौर अस्पतालको परिसरमा आईपुग्यो।

    अस्पताल अगाडि अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर सहित विभिन्न कर्मचारी माला खादा लिएर उभिएका थिए।

    अस्पतालमा शनिवार रक्त संचार केन्द्र (ब्ल्ड बैंक )र फ़ोहोर मैला ब्यस्थापन केन्द्रको उदघाट्न कार्यक्रम राखिएको थियो।

    कार्यक्रमको उदघाट्न गर्न मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह आउनु भएका रहेछन् ।

    मन्त्री सिंह गाडिबाट ओलर्ने बितिकै उहाँलाई माला खादाले स्वागत गर्नेको लर्को लाग्यो ।मन्त्रीले पहिला काम हेरौ,माला र खादा पछि ग्रहण गरौला भन्दै हुनुहुन्थ्यो।

    गौर अस्पताल धेरै दिनको राजनिति खिचातानीले मेडिकल सुपरिटेन्डेन्ट बिहिन थियो।

    केहि दिन अगाडि नै मन्त्री सिंहले विभिन्न राजनिति चुनौती चिर्दै निमित्तको रुपमा डा. मुरारी ठाकुरलाई पठाएका रहेछन् ।

    डा. ठाकुरको आवागमन भए पछि अस्पतालमा रक्त सन्चार केन्द्र र फोहोर मैला ब्यबस्थापन केन्द्र स्थापना गरिएको रहेछ।

    मन्त्रीले सुरु मै रक्त सन्चार केन्द्रको उदघाटन गर्नु भयो र त्यहाँ देखिएको कमिकमजोरी सहित भौतिक संरचनालाई थप सुधारको निर्देशन दिनु भयो।

    अब पालो फ़ोहोर मैला ब्यबस्थापन केन्द्रको उदघाट गर्ने तर मन्त्री सिंह अचानक ईमरजेन्सि वाड तर्फ लाग्नु भयो ।
    त्यहा पुग्दा मन्त्री सिंहले गौर अस्पतालको बास्तबिकतालाई उजागर गर्ने एक दृश्य देखेपछि झन्नक झन्न्किए।

    बिना ड्रेस एक पाका उमेर भएका कर्मचारी हातमा सिरिन्ज लिएर कुनै बिरामीलाई सिरिन्ज लगाउने दिने तर्खरमा थिए।

    मन्त्रीले उहाँलाई रोक्दै सोधे।तपाई को हो? कर्मचारीले जवाफ दिए – म पिउन(कार्यालय सहयोगी) हो हजुर।अनि मन्त्री सिंहले अहिले डिउटिमा को छ? भन्नु भो ।

    अलि वरबाट एक जना कर्मचारीले एक छिन अलमलमा परेर म हो हजुर भनेर मन्त्रीलाई जवाफ फर्काए ।

    उनले लग्तै फेरी मैले दबाई मात्रै मिलाउन मात्रै भनेको भनेर ढाटे तर कर्मचारीले बोलेको झुठो मन्त्रीले सजिलै थाह पाए।

    गौर अस्पतालमा कार्यालय सहयोगीलाई डिउटीमा राखेर कामै नगरी तलब खाने र जनताको स्वास्थ सङ्ग खेलवाड गर्ने काम धेरै समय देखि सुन्दै आएको तर आफ्नै आखाले हेरियो भन्दै मन्त्रीले भने-” यस्तो पनि लापरबाही हुन्छ ? कार्यालय सहयोगीको काम सिरिन्ज दिने हो भने डाक्टर केका लागि ?

    संगै थिए अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष अनवर हासमी र मेसिकल सुपरिटेन्डेन्ट डा .मुरारी ठाकुर ।यतिका कर्मचारी हुँदा -हुदै कार्यालय सहयोगीले बिरामीलाई सिरिन्ज किन दिएको भनेर भन्दै अध्यक्ष हासमी र डा. मुरारीलाई सोधेँ ।

    उहाँहरु एक- छिन जवाफ बिहिन बने ।मन्त्रीले तपाईंहरु माथि कारबाही किन नगर्ने ?भनेर प्रश्न गरे ।पछि एक चोटिको लागि छाडिएको छ तर आउने दिनमा यस्तो दृश्य देखे त्यसको परिणाम नराम्रो हुने भन्दै मन्त्री सिंहले चेतावनी दिए।

    अनुभव छ भन्दैमा कार्यालय सहयोगीले जे -मन छ त्यो गर्ने हो ?जनताको स्वास्थ सङ्ग खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री सिंह अर्को फोहोर मैला ब्यबस्थापन शाखाको उदघाटन गर्न हिडे।

    उदघाटन पछि मन्त्री सिंह अस्पताल परिसर निरीक्षण गर्न हिडेका थिए। अस्पताल परिसर निरीक्षण पश्चात आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले रौतहटको गौर अस्पतालमा देखिएको बिसङ्गती ,बिकृती र लापरबाहीलाई अबिलम्ब सुधार गर्न निर्देशन दिएका छन् ।

    मन्त्री सिंहले गौर अस्पतालको सेवा सुबिधालाई प्रभावकारी बनाउन अस्पताल ब्यवस्थापन समिति ,मेडिकल सुपरिटेन्डेन लगायत कर्मचारीलाई निर्देशन दिनु भएको हो।

    मन्त्री सिंहले जुन सुकै कर्मचारी ,जति सुकै ठुलो र पावर फुल घर परिवारको भएपनि पावर र शक्तिको धाक लगाउदै अस्पतालमा राजनिति गर्ने ,मनोमानी गर्ने ,काम गर्दै नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भएका छन् ।

    मन्त्री सिंहले जुन कामको लागि नेपाल सरकारले तलब दिई खटाएको छ त्यसको परिधि भित्र रहि अनुशासन पालना गर्दै जनताको सेवामा लाग्न आनाकानी गर्न कसैलाई छुट नभएको चेतावनी दिएका छन् ।

    गौर अस्पतालको पुरानो कर्मचारीको सरुवा हुँदा पनि आतिने ,गौर मै बस्छु भन्ने ,अरु ठाँउमा जान्न भनेर अदालतमा मुद्दा दिने ,अदालतमा किन जाने ?काम गर्ने जहा गएर पनि काम गरे भै गो नी गौर मै बस्न के -को लोभ ?काम नगर्ने एक जनाको सरुवा गरिए त्यो मान्छे मेरो हो भनेर ३० जना नेताले तनाव दिने,अनि त्यहि नेताले गौर अस्पताल खतम छ भन्ने यो कस्तो खेल होला?

    जबकी जहाँ खटेनी तलब त्यति नै पाउने हो,काम त्यति कै गर्नु पर्ने हो कसैले बुझेन ।यस्तो परिपाटी रहे सम्म गौर अस्पतालमा सुधार कसरी आउने होला?? भन्दै मन्त्री सिंहले भने नेताहरु कै कारण गौर अस्पतालको अवस्थामा सुधार नआएको स्वीकारेका छन् ।

    म अलिकति फरक ढंगले गौर अस्पताल चलेको हेर्न चाहन्छु तर गठबन्धन सरकारका कारण चाहेको गतिमा काम गर्न नसके पनि अलि ढिलो भए पनि गौर अस्पतालमा देखिएको बेथिति अन्त्य गरेर छाड्ने मन्त्री सिंहले प्रतिबद्धता व्यक्त गरे।

    गौर अस्पतालमा आएको बिरामीलाई विभिन्न बहानामा अस्पताल कर्मचारी कै निर्देशनमा कमिशनको चक्करमा दलाल मार्फत निजि झोले क्लिनिकमा पठाउने गुनासो ,निजि ल्याबमा पठाउने ,नि:शुल्क पाउने औसधि दिन आनाकानी गर्ने जस्ता गुनासो सुन्दै छु जुन दिन प्रमाण फेला पर्छ माला लगाएर सम्मान सहित बिदा गर्ने चेतावनी दिनु भएका छन् ।

    अस्पतालमा ब्यबस्थापकको काम के हो ? मेडिकल सुपरिटेन्डेन्टको काम के हो ?बिरामी किन बाहिर जादैछ्न ,अस्पतालमा साच्चै कमि कमजोरी छ कि कमिसनको खेल मौलाएको छ ?कसरी सुधार हुन्छ ? सबैले आ -आफ्नो लक्ष्य र जिम्मेवारी प्रति गम्भिर भई अस्पतालको सेवा सुधारको लागि अहोरात्र खट्न निर्देशन दिनु भएका छन् ।
    मन्त्री सिंहले भने -“कर्मचारीको तह अनुसार तलब दिनुस ,जसले जति मेहनत गरेको छ त्यति नै ओभर टाईमको भता दिनुस् ,सबै ईन्चार्जलाई एक ठाँउमा राखि कमिटी बनाई ओटिपि बितरण गर्नुस् ,एकलौटी नगर्नुस ,कर्मचारीको ड्रेसको ब्यस्था गर्नुस,चौबीसै घण्टा ल्याब र एक्सरेको ब्यस्था गर्नुस ,गरिब निमुखाको उपचार प्रति गम्भिर हुनुस ,नि:शुल्क औसधि दिनुस ,लापरबाह कर्मचारीको विवरण बनाई कारबाहिको सिफारिस गर्नुस सकिएन भने मन्त्रालयलाई जानकारी गराउनुस ,खुट्टा नकमाई अगाडि बढनुस मन्त्रालय तपाईंहरुको छ सहयोगको लागि अहोरात्र खट्ने बाचा गरेका छन् ।

    मन्त्री सिंहले कर्मचारी अभावका कारण अहिले केहि लापरबाह कर्मचारीले नचाहेर पनि छुट पाएका छन् तर मन्त्रालयले थप जनशक्तिका लागि आवेदन आव्हान गरिसकेकाले त्यस्ता कर्मचारीले आफ्नो व्यबहार नसुधारे केहि दिन मै कारबाही भोग्नु पर्ने बताए ।

    उहाँले भएका र आउने जनशक्तिलाई बस्न आवास भवन निर्माणका प्रक्रिया थाल्न निर्देशन समेत दिनु भएका छन् ।

    भनसुनको भरमा पावरको भरमा काम नगरी खाने प्रबितृको कारण अस्पतालको अवस्था जर्जर बन्दै गएको बताउदै मन्त्री सिंहले हाजिर गर्ने र काम नगर्ने कर्मचारीलाई ठाँउको -ठाँउ कारबाही गर्न अस्पताल ब्यबस्थापन समितीलाई निर्देशन दिए।

    ८ जिल्ला कै अस्पतालमा देखिएको लापरबाही र बेतिथि अन्त्यका लागि अत्याधुनिक मेसिनहरु मन्त्रालय मै जडान गरी मोनेटरिङ्ग गर्ने तर्खरमा छौ त्यो पनि छिटै पुरा हुने बिश्वास ब्यक्त गरे ।

    अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष अनवर हासमीको अध्यक्षतामा समपन्न कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.श्रवन कुमार मिश्र ,गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर लगायत अस्पताल कर्मचारी ,सन्चारकर्मि र स्थानीयको बाक्लो उपस्थित रहेको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    १ दिन अघि

  • २

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    १ दिन अघि

  • ३

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    १ दिन अघि

  • ४

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    १ दिन अघि

  • ५

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    १ दिन अघि

  • ६

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    १ दिन अघि

  • ७

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ८

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    २ दिन अघि

  • ९

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    २ दिन अघि

  • १०

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    २

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा
    ३

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

    नेपाल नक्सा
    ४

    एनपिएलले राष्ट्रिय आत्मविश्वास बढायो : प्रधानमन्त्री सुशीला कार्की

    नेपाल नक्सा
    ५

    प्रतिकित्ता ८२०.८० रुपैयाँमा रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ, पुस ७ देखि खुल्ने

    नेपाल नक्सा
    ६

    बैंक तथा वित्तीय संस्थामाथि लक्षित घटनाप्रति नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution