
काठमाडौं । आजदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकका सामान प्रयोग गर्न नपाइने भएको छ। मन्त्रालयले वातावरण सफा राख्ने र प्लास्टिकले गर्ने नोक्सानी घटाउने उद्देश्यले यस्तो निर्णय गरेको हो। अब मन्त्रालयभित्र प्लास्टिकका बोतल, झोला लगायतका सामग्री प्रयोग बन्द गरिनेछ।
यसको सट्टा वातावरणमैत्री सामान प्रयोग गर्न प्रोत्साहन गरिनेछ। मन्त्रालयका अनुसार, प्लास्टिकको धेरै प्रयोगले वातावरण बिग्रिरहेको हुँदा यसलाई कम गर्न यस्तो कदम चालिएको हो।
यो निर्णयले अन्य सरकारी निकाय र सर्वसाधारणलाई पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। साथै, यसलाई राम्रोसँग लागू गर्न सबैको सहयोग आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे