
काठमाडौँ, १ फागुन । नेपालमा कोरोना विरुद्धको नयाँ खोप फाइजरको वाई भ्यालेन्ट खोप पहिलो पटक नेपाल भित्रिएको छ। सोमबार बिहान कतार एयरको उडानबाट ३ लाख ४५ हजार ६०० डोज आएको हो।
खोप हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको छ । खोपलाई मागअनुसार सबै ठाउँमा वितरण गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ। यस्तै फागुन ८ र ११ गते पनि सोही परिमाणमा सोही खोप आउन लागेको विभागले जनाएको छ । खोप फागुन १५ मा १ लाख २० हजार खोप आइपुग्ने छ ।
कोभ्याक्स सुविधामार्फत आएको यो खोप नेपालमा पहिलोपटक प्रयोगमा आउन लागेको हो। यो खोप बुस्टर डोजको रुपमा प्रयोग हुनेछ।
यो खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे